हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको हो ।
संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको छ । घटनास्थलमा शव क्षतविक्षत अवस्थामा भेटिएको छ । घटनास्थलमा काठमाडौंबाट एउटा हेलिकप्टर पठाईंदै छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका छन् ।
हेलिकप्टर मार्फत लासहरु आजनै काठमाडौं ल्याउने प्रयास भईरहेको गृहमन्त्रालयले जनाएको छ ।

No comments